प्रचण्डसँग भेटे विप्लव, पूर्व माओवादीहरु मिल्नुपर्ने प्रस्ताव


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेट भएको छ ।

भूमिगत जीवनबाट सार्वजनिक भएको लामो समयसम्म विप्लव प्रचण्डसँग भेटेका थिएनन् । तर बुधवार उनी अचानक खुमलदार पुगेर प्रचण्डसँग भेटघाट गरे । भेटका क्रममा विप्लवले पूर्व माओवादी घटकहरु मिल्नुपर्ने प्रस्ताव प्रचण्ड समक्ष राखेको स्रोतले जनायो ।

‘बदलिएको परिस्थितिमा सहकार्य र साझेदारीको प्रस्ताव लिएर प्रचण्डलाई भेट्न विप्लव खुमलटार जानु भएको हो,’ खुमलटारनिकट स्रोत भन्छ, ‘पुरानो माओवादीहरुबीचमा एकीरकणबारे छलफल भएको हो । पुरानो एमाले मिल्छ भने पुरानो माओवादी पनि मिल्नुपर्‍यो नि ।’

प्रचण्डको पहलमा शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको भोलिपल्ट प्रचण्ड भेट्न विप्लव खुमलटार पुग्नुलाई धेरैले अर्थपूर्ण मानेका छन् । स्रोतका अनुसार भेटघाटको पहल दुवै तर्फबाट भएको थियो । अब दुई नेताहरुबीच नियमित भेटघाट हुने बताइएको छ ।

प्रचण्डसँग भेट्न पुगेका विप्लवका साथमा स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला, पूर्व पोलिटव्युरो सदस्य एवम् प्रदेशसभा सदस्य डिबी खराल, पूर्व माओवादी बाल सैनिक संगठनका अध्यक्ष लेलिन बिष्ट पनि थिए ।

प्रकाशित : २०७८ असार ३०, बुधबार १९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ