नारायणी अस्पताललाई सूर्य नेपालद्वारा ४० लाखको स्वास्थ्य सामग्री सहयोग


वीरगञ्ज : सूर्य नेपाल प्रालि सिमराले वीरगञ्जस्थित नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सूर्य नेपालले कोभिड–१९ को उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण गरेको हो । सूर्य नेपालले ५ थान मोनिटर, एक थान एबीजी मेसिन र १२ थान ह्वील चियर हस्तान्तरण गरेको छ ।

साथै २६० मिटर अक्सिन एण्ड सक्सन कपर पाइपलाइन इन्स्टालेसन गरिदिएको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए । सूर्य नेपाल प्रालिले मात्रै ४० लाख मूल्य बराबरको सहयोग गरेको उनले बताए ।

प्रकाशित : २०७८ असार ३०, बुधबार २०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ