कांग्रेस पदाधिकारी बैठक आज, यस्तो छ एजेण्डा


काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

पार्टीको १४ औै महाधिवेशनको छलफलका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा सम्बधित भएर छलफल हुने छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका तयारी गरिरहेको त्यस विषयमा नेताहरुबीच छलफल हुने मुख्य सचिव पौडेलले बताए ।

बैठकमा निर्वाचन निर्देशिका निर्माण भइरहेको र त्यसमा केही कमिकमजोरी र विधानका विषयमा समस्या देखिएमा छलफल हुने पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित : २०७८ असार ३१, बिहीबार ०७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ