प्रचण्ड र विप्लव एकसाथ माधव नेपालको निवास पुगेपछि…


काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वस्थित उनकै निवास पुगेका छन् ।

हिजो विप्लवले प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । प्रचण्डका निजी सचिवालयका अनुसार नेपाललाई भेट्न भने प्रचण्ड र विप्लव सँगसँगै पुगेका हुन् । साथमा नेता धर्मेन्द्र वास्तोला पनि छन् ।

प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा छन् । – नेपाल प्रेस

प्रकाशित : २०७८ असार ३१, बिहीबार ११:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ