जनकपुर ल्याउने क्रममा सर्पले टोकेको बालकको मृत्यू, नवलपुरमा तनाव


सर्लाही : बुधवार राति सर्पले टोकेका हरिवन नगरपालिका १ का ५ वर्षीय बालक शिवम ठाकुरको मृत्यू भएको छ ।

सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्र लगिएको थियो । त्यहाँ सामान्य उपचार गराई थप उपचारका लागि जनकपुरतर्फ लग्ने क्रममा मृत्यू भयो ।

चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको आरोप लगाएको छ । मृतक बालकका आफन्तले शव पोष्टमार्टम नगरी घर लान पाउनु पर्ने माग गरेका थिए । सर्पदंश उपचार केन्द्रमा मृतकका आफ्न्त आन्दोलन गर्न खोज्दा तनाव सृजना भएको थियो ।

बालकको शव परिवारसँगको सहमतिपछि पोष्टमार्टमका लागि स्थानीय प्रशासनले जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

प्रकाशित : २०७८ असार ३१, बिहीबार १३:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ