साउन २ देखि ४ गतेसम्म भारी वर्षा हुने !


काठमाडौं : साउन २ देखि ४ गतेसम्म भारी वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार जारी गरेको विशेष मनसुन बुलेटिनमा सो कुरा उल्लेख छ । मनसुनी गतिविधिसँगै अरु मौसमी प्रणालीको प्रभावका कारण सो अवधिमा भारी वर्षा हुने भनिएको छ ।

‘हाल देशभर मनसुन सक्रिय अवस्थामा रहेको छ’, महाशाखाले भनेको छ, ‘साउन २ गतेदेखि ४ गतेसम्म मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने तथा बंगालको खाडीबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकोले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।’

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र धेरै भारी वर्षाको सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । भारी वर्षा भएपछि तराईका खोलाहरुमा पानीको बहाब बढ्ने र बाढी आउने जोखिम रहेको बताईएको छ ।

प्रकाशित : २०७८ असार ३१, बिहीबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ