सातै प्रदेशका प्रमुख फेर्ने प्रधानमन्त्री देउवाको तयारी


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई परिवर्तन गर्ने तयारी गरेका छन् । देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरु खारेज गर्नेदेखि परिवर्तन गर्नेसम्मको तयारी गरिरहेका छन् ।

त्यस्तै ओली सरकारका पालामा भएका कतिपय नियुक्तिहरु खारेज वा नियुक्तलाई हटाउनेबारे पनि छलफल भइरहेको छ । सातवटा प्रदेशमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाबाट २/२ र जनता समाजवादी पार्टीबाट १ जना पर्ने गरी गठबन्धनका दलहरुसँग छलफल गर्दै प्रदेश प्रमुख नियुक्तिको तयारीमा देउवा लागेका छन् ।

सम्भवत आउँदो हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने विश्वस्त स्रोतले जानकारी गराएको छ । सातवटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरु छन् । उनीहरुलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् ।

प्रकाशित : २०७८ असार ३१, बिहीबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ