ट्रकमा वीरगञ्ज ल्याएर यूवतीलाई बला-त्कार गर्ने दुई चालक पक्राउ


वीरगञ्ज : काठमाडाैंको कलंकीबाट एक यूवतीलाई वीरगञ्ज ल्याउने क्रममा पटक–पटक बला-त्कार गरेकाे आराेपमा दुई जना ट्रक चालकलाइ पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ना.५ ख २८७० नम्बरको ट्रक चालक वीरगञ्ज महानगरपालिका २१ का ३० वर्षीय सुनिल महताे र ना ६ ख ३३६९ नम्बरको ट्रक चालक पोखरिया नगरपालिका ६ का २५ वर्षीय शिवबालक महताे रहेका छन् ।

घटना गत असार २७ गतेको हो । रूकुम घर भएकी १९ वर्षीया युवतीले दुई वर्षीय छोरासहित बुटबल हिडेकी थिइनन् । चालक सुनिलले बुटबल पुर्याइदिने भनेर उनलाई ट्रक चढाए । तर बुटबल नगई वीरगञ्ज ल्याएको र बाटोमा पटक पटक बला-त्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले युवतीकाे उद्धार गरी सोधपुछका आधारमा बला-त्कार गर्ने चालक सुनिल र शिवबालकलाई गाडीसहित नियन्त्रणमा लिएकाे पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाए । पक्राउ परेका दुवै जनाविरुद्द प्रहरीले जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : २०७८ श्रावण १, शुक्रबार ०९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ