सानेपा पुगेर बाबुरामसंग पनि भेटे विप्लव


काठमाडौं : पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका नेकपाका महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सानेपामा रहेको भट्टराई निवास पुगेर चन्दले भेटवार्ता गरेका हुन् । विगतमा नेकपा माओवादीमा रहेर सँगै सशस्त्र द्वन्द्वमा होमिएका चन्द र भट्टराई अहिले फरक-फरक पार्टीमा छन् । भेटमा समसामयिक राजनीतिका साथै विगतमा सँगै राजनीति गर्दाको बारेमा अन्तरंग छलफल भएको बताइएको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका चन्दले आइतबार बिहानै भट्टराईलाई भेटेका थिए ।

प्रकाशित : २०७८ श्रावण १, शुक्रबार १०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ