प्रदेश २ सहित ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं : मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यो क्रम सोमबारसम्म नै कायम रहने भनिएको छ । भारी वर्षा भएमा नदीहरुमा बाढी आउने (पानीको बहाब बढ्न) भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित : २०७८ श्रावण २, शनिबार १०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ