प्रदेश २ : मन्त्रीबाट राजीनामा दिएका यादवलाई मुख्यमन्त्रीले गरे विदाई


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री पदबाट राजीनामा दिएका ज्ञानेन्द्र कुमार यादवलाई मुख्यमन्त्री लालबाबु राउतले विदाई गरेका छन् ।

मुख्यमन्त्री राउतले आज विहान गम्छा ओढाएर यादवलाई विदाई गरेका हुन् । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मन्त्री यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहालाई राजपाले राजीनामा दिन लगाएको छ ।

आज दिउँसो ३ बजे माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह र साँसद रुबी कर्ण मन्त्रीको शपथ लिने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित : २०७८ श्रावण २, शनिबार ११:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ