महन्थलाई ठूलो झट्का : प्रमोद साहसहित तीन साँसद उपेन्द्र यादव पक्षमा खुले


काठमाडौं : सत्ता परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनासँगै जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरलाई ठूलो झट्का लागेको छ । महन्थ पक्षका प्रमोद साहसहित तीन साँसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा खुलेका हुन् ।

निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेका बेला जसपाको महन्थ ठाकुर पक्षका साह, समानुपातिक सासंसद अमृता अग्रहरी र रानी मण्डल उपेन्द्र पक्षमा खुलेका हुन् । साँसद साहले पनि ६÷७ जना साथी उपेन्द्र यादव समूहमा लाग्ने बताएका स्पष्ट गरिसकेका छन् ।

साहले भने– ठाकुरजीहरु लोकतन्त्र सिध्याउन लाग्नुभयो । राजावादीसँग मिल्नुभयो । केपी ओलीलाई नेता मानेर हिँड्नुभयो । त्यसैले हामीले साथ दिन सकेनौं । मसहित ६र७ जना साथीहरु उपेन्द्रजीसँग लाग्ने तयारीमा छौं ।

जसपाका ३४ मध्ये २ जना सांसद निलम्बित छन् । बाँकी ३२ मध्ये राष्ट्रपति समक्ष जाने बेला उपेन्द्र यादव पक्षका १२ जना सांसदले शेरबहादुर देउवालाई समर्थन जनाएका थिए भने ठाकुर(महतोको पक्षमा २० जना सांसद थिए ।

यसबीचमा मन्त्री बन्न नपाएपछि केही सांसद रुष्ट थिए । जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंगो लगाउने बेलासम्म संसदीय दलमा पनि आफ्नो बहुमत पार्ने प्रयास उपेन्द्र पक्षको छ ।

आधिकारिकता विवाद टुंगिएपछिमात्र सरकारमा सहभागी हुने रणनीति पनि ठाकुर पक्षका सांसदलाई तान्नका लागि रहेको स्रोतको भनाइ छ ।

प्रकाशित : २०७८ श्रावण २, शनिबार ११:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ