काँग्रेस नेता यादवको निधन


रौतहट : नेपाली काँग्रेस नेता रामाज्ञा यादवको ५० वर्षकै उमेरमा निधन भएको छ । भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा गएराति उनको मृत्यु भएको हो ।

बृन्दाबन नगरपालिका ८ घर भएका यादव विगत तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट लड्दै आएका थिए । उनको गाउँमै अन्त्येष्टी गरिने परिवारिक स्रोतले जनाएको छ ।

यादव रौतहट क्षेत्र नम्वर ४ का सभापति रहेका थिए । गत निर्वाचनमा उनी कांग्रेसको तर्फबाट प्रदेश साँसदमा चुनाव पनि लडेका थिए । उनको २ छोरा र १ छोरी छन् ।

प्रकाशित : २०७८ श्रावण २, शनिबार १२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ