दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्दै


काठमाडौं : दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ । अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन् । आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।

साथै आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक पनि बस्दैछ । अघिल्लो सरकारले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि हठात् राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो ।

बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षणसमेत भइसकेको छ ।

प्रकाशित : २०७८ श्रावण ३, आईतवार ०६:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ