सिरहा वन कार्यालयमा लुट : विरुवा सबै नर्सरीमै, बिल भुक्तानी


जनकपुरधाम : डिभिजन वन कार्यालय सिरहामा विरुवा खरिदमा व्यापक भ्रष्टाचार भएको खुलेको छ । वितरण गर्नका लागि कार्यालयले आंप, लिचि र कागतीको विरुवा खरिदमा व्यापक अनियमितता गरेको खुलेको हो ।

कार्यालयका प्रमुख शुभाष चन्द्र दासले कोटेशन माफर्त सिरहा जिरोमाईल स्थित विमल नर्सरी संग ५ लाख,वविता नर्सरी संग पांचलाख र सोहि ठाउस्थित अर्को नर्सरीसँग पाच लाख गरि १५ लाखको सम्झौता गरि विरुवाहरुलाई कार्यालयमा हस्तान्तरण समेत नगरी नसर्रीहरुलाई रकम भुक्तान गरिसकेको देखिएको छ । यता वितरण गर्नका लागि खरिद गरिएका सो विरुवाहरु ३५ रुपैया प्रतिपीस नर्सरीहरुमा विक्री वितरण भइरहदा कार्यालयले ९५ रुपैया प्रति पिस सम्झौता गरि विरुवा कार्यालयमा समेत नल्याएर आफु खुसी विरुवा स्लिपको माध्यमले विरुवा वितरण गरेको पाइएको छ ।

त्यसैगरि १० लाखको बासको विरुवा रोप्नका लागि कार्यालयले सोहि ठाउ स्थित सामुदायीक वनमा कुल तीनहजार विरुवा रोपेकोमा पाच सय जति विरुवा खराव अवस्थामा त्यहि खेर फालिएको देखिएको छ । जवकि कार्यालयको हिसावमा प्रति विरुवा २ सय पचास तोकिएको छ जसमा प्रति विरुवाको गणना गर्दा चारहजार हुनुपर्नेमा तीनहजार मात्रै रोपीएको देखिएको छ । त्यसैगरि सोहि ठाउका नर्सरीमा बासका विरुवाको विषयमा मुल्य दररेट सोधपुछ गर्दा बांसको विरुवा प्रति पिस १४० रुपैया मुल्य रहेकोमा प्रति विरुवा कार्यालयले ११० रुपैया अनीयमीतता गरेको भेटिएको छ ।

कार्यालयको अनियमीतताको लिला त्यहि समाप्त हुदैन,डिभिजन कार्यालय सिरहा लहानका प्रमुख सुभाषचन्द्र दासको प्रत्यक्ष संलग्नतामा सम्वन्धित निकायसंग खोजखवर समेत नगरि गोलवजार नगरपालिका वार्ड नं १० मा २५ हेक्टरमा वृक्षारोपण गरिएको छ । जवकि सो जग्गाको बगलमा बनको जग्गा रहेको र सोहि जग्गमा मारुती सिमेन्टले जवरजस्ती कव्जा गरेर प्रयोग गर्दै आएको छ र व्यापक विरोध हुदै आएको मारुती सिमेन्टकै जग्गालाई बचाउनका लागि ठुलै चलखेल गरि डेफो दासले वृक्षा रोपण गराइएको वुझीएको छ ।

यता सो वार्डका वार्ड अध्यक्ष रामकुमार महतोले सो ठाउ स्थित २६ हेक्टर जग्गा दंगा प्रहरीको तालिम केन्द्र वनाउनका लागि नगरपालिका संग मागेको र प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन टोलीले सोही जग्गालाई प्रयोग गर्ने भनेर गएको तर डिभिजन वन कार्यालयका प्रमुख सुभाष चन्द्र दासले भुमाफियासंग मिलोमतो गरेर आफु खुसी दंगा प्रहरीका लागि छुटयाइएको जग्गामा मनोमानी तरिकाले आफुहरुसंग वुझवुझारथ समेत नगरि जवरजस्ती वृक्षारोपण गरिएको वताए ।

यता चुरे तथा वनसंरक्षण अभियानले सो कुरा थाहा पाउदा वितरण गर्नका लागि खरिद गरिएको विरुवाको विषयमा जानकारि लिन खोज्दा प्रमुख दासले जानकारि दिनबाट आनाकानि गरेपछि शुक्रवार चुरे तथा वनजंगल संरक्षण अभियानको अभियानीहरुले कार्यालयमै पुगेर विरोध जनाएका थिए । यस विषयमा संचारकर्मीहरुले पनि प्रमुख दाससंग विरुवा खरिद सम्वन्धि सत्यतथ्य केहो भनेर सोध्न खोज्दा कार्यालयमा संचारकर्मीहरुलाई प्रवेस निषेध गरिएको थियो । शुक्रवार डिभिजन वन कार्यालयमा विरोध कार्यक्रम गर्नका लागि चुरे अभियानीहरु पुग्दा कार्यालय प्रमुख कार्यालय भित्रै लुके भने यस विषयमा सम्वोधनका लागि वाहिर आएनन ।

यता चुरे अभियानीले शान्तिपुर्णरुपमा विरोध कार्यक्रम जारी राखेपछि कार्यालय प्रमुख दासले प्रहरीलाई बोलाएर अभियानहरुमाथि दमन गराए र तीन जना अभियानीलाई जवरजस्ती समातेर वनका पालेसंग कुटपिट गराई जवरजस्ती प्रहर ीसंग थुन्न लगाएको दृश्य पनि देखिएको थियो । यता विरुवाको खरिद सम्वन्धि सार्वजनिक गर्नका लागि शान्तिपुर्ण रुपमा गरेको विरोध कार्यक्रममा पनि हस्तक्षेप गरि दमन गर्दै चुरे अभियानीहरुलाई समातेको विरोधमा शुक्रवार साझ चौहर्वा स्थित सेनाको व्यारेक निर चुरे अभियानीहरुले आफना पक्राउ परेका अभियानीहरुलाई रिहा गर्ने माग सहित एक घण्टा चक्काजाम समेत गरेका थिए ।

चुरे अभियानका अध्यक्षलाई धम्की
विरुवा खरिद प्रकरण सम्वन्धि वुझन गएका चुरे तथा वनजंगल संरक्षण अभियानका अध्यक्ष सुनिल कुमार यादवलाई यस प्रकरणबाट नहटे कुनै अभियोग लगाएर पक्राउ गराउने चेतावनी दिइएको छ । अभियानका अध्यक्ष यादवका अनुसार विरुवा खरिदमा वन कार्यालयका प्रमुख,निमित प्रमुख र एकाउण्टेट तीन जनाको सहभागीतामै व्यापक अनियमीतता गरिएको छ ।

कार्यालयले खरिद गरेको विभिन्न नर्सरीमा समेत पुगेर आफु र आफनो टिमले जाचवुझ गर्दा विमल नर्सरीबाट करिव ९६ हजार बराबर९सरकारीमा तोकिएको हिसावले० १हजार जति विरुवा मात्रै लगिएको छ तर कार्यालयले चेक इस्यु गरेको हामीले देख्यौ । यस सम्वन्धमा कार्यालयका निमित प्रमुख गंगा यादवसंग वुझन खोज्दा उनले खरिद गरिएका जम्मै विरुवा नल्याइएको स्विकार गर्दै चेक त इस्यु गरिएको छ तर अहिले रोकिएको उनले वताए । कार्यालयले १५ लाखको विरुवा खरिद गरेको सोध्दा खेरि निमित प्रमुख यादवले आफुलाई पांचलाखको विषयमा मात्रै थाहा रहेको वताए ।

यता आफुले विरोध कार्यक्रम गरेपछि तीनजना अभियानीलाई पक्राउ गर्नुका साथै आफुलाई पनि पक्राउ गर्नका लागि प्रहरीलाई पटक पटक दवाव दिइएको वताए ।

कार्यालयमा पस्नका लागि संचारकर्मीलाई निवेदन दिनुपर्ने प्रावधान
व्यापक अनियमीतताको खवर प्राप्त भएपछि सो सम्वन्धि वुझनका लागि टुडेकर्मी डिभिजन वन कार्यालय सिरहा नै पुगेका थिए । कार्यालयमा वनका प्रमुख शुभाष चन्द्र दाससंग भेटन खोज्दा बनका पालेहरुले ढोका नै वन्द गरेका थिए । हामी संचारकर्मी हौ कार्यालय प्रमुखसंग हामीलाई कुराकानी गर्नु छ भनेर भन्दा पनि संचारकर्मी त के कसैलाई पनि विना आदेश पस्न मनाही गरिएको छ । विवादीत विषयमा हामीलाई जानकारि लिनु छ सत्य तथ्य वुझनु छ भन्दा खेरी पनि भित्र पस्न दिएन, कार्यलय प्रमुखलाई तलै बोलाउनुस हामी कुरा गर्छौ भन्दा नआएपछि रितै फर्किन वाध्य भएका थिए । – जनकपुर टुडे

प्रकाशित : २०७८ श्रावण ३, आईतवार ०८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ