प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिने तयारीमा


काठमाडौं : प्रधानमन्त्री शेरवहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका छन् । देउवा निकट स्रोतका अनुसार आजै विश्वासको मत लिने तयारी मिलाउन संसद सचिवालयलाई जानकारी गराइएको छ ।

ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसपछि विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले आजै विश्वासको मत लिन लागिएको स्रोतले जनाएको छ । देउवा निकट स्रोतले भन्यो, ‘रात रहे अग्राख पलाउँछ, एमालेका माधव नेपाल समूहका केही नेता पार्टी एकता भन्दै विश्वासको मत नदिने पक्षमा उभिन लागेका छन् । अहिले माधवजी विश्वासको मत दिएर संसद जोगाउन दृढ भएकै बेला विश्वासको मत लिइहाल्ने कुरा भएको छ ।’

सभामुख अग्नि सापकोटाले अहिले केहीबेरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । एमाले सचेतक शान्ता चौधरीले विश्वासको मत आजै लिने भन्ने जानकारी आफूहरुलाई पनि प्राप्त भएको बताइन् ।

प्रकाशित : २०७८ श्रावण ३, आईतवार १०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ