खेत जोत्ने क्रममा ट्याक्टर पल्टियो, ड्राइभरको मृत्यु


चितवन : भरतपुरमा ट्रयाक्टर पल्टिँदा चालकको ज्यान गएको छ । ना ४ त ३१५२ नम्बरको ट्याक्टर चालक भरतपुर-५ का ३४ वर्षका सन्दीप मगरको मृत्यु भएको हो ।

रोपाईंका लागि खेत जोत्ने क्रममा विहान ८ बजे एक्कासी चक्का भासिएर ट्रयाक्टर पल्टिएको थियो । कैलाशनगरमा चन्द्र सिग्देलको खेत जोत्दा दुर्घटना भएको हो ।

गम्भीर घाइते सन्दीपको उपचारका क्रममा भरतपुर अस्पतालमा विहान पाैने ९ बजे चिकित्सकले मृत घाेषणा गरेका थिए ।

प्रकाशित : २०७८ श्रावण ३, आईतवार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ