सभामुखलाई राजीनामा बुझाएर बाहिरिए रावल


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका नेकपा ९एमाले० का उपाध्यक्ष भीम रावलले राजीनामा बुझाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए । तर, उनले पाण्डेको आग्रहलाई पनि मानेनन् ।

‘प्लीज मलाई नरोक्नु है मलाई पत्रकारहरूसँग कुरा गर्न दिनुस्,’ रावलले राजीनामा पत्र बुझाउन जाँदै गर्दा भनेका थिए ।

प्रकाशित : २०७८ श्रावण ३, आईतवार १६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ