सप्तरीमा पहिलो सोमबारीकै दिन घरबाट निस्कियो नाग देवता, पूजापाठ सुरु


टुडेखोज, राजविराज : सप्तरीको रुपनी गाउँपालिका ४ मा एक व्यक्तिको गोसाई (देबता) घरमा नाग (सर्प) निस्केपछि देबता भन्दै पूजापाठ सुरु भएको छ ।

आज विहान स्थानीय श्याम मडरको घरमा नाग देवता दर्शन दिएको हो । सर्पलाई बाहिर निकालेर घर अगाडी रहेको शिव मन्दिरमा राखिएको छ । अहिले त्यहाँ ठूलो भीड लागेको स्थानीयले जनाएको छ ।

सर्पको उद्धार गर्ने प्रयास भइरहेको छ । गर्मीमा सर्प बाहिर निस्किने गर्छ । तर आज पहिलो सोमबारी भएकाले भगवान शिवको रुपमा नाग दर्शन दिएको स्थानीय बताउँछन् ।

प्रकाशित : २०७८ श्रावण ४, सोमबार १०:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ