प्रदेश २ : बडाध्यक्ष नै खैरो हिरोइनसहित पक्राउ


जनकपुरधाम : पछिल्लो समय लागुऔषधको कारोबार बढेको छ । सेवनकर्ताहरुको संख्या पनि बढ्न थालेको छ । पर्सामा एक वडाध्यक्ष नै लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् ।

पर्साको पकहाँ मैनपुर गाउँपालिका १ का वडाध्यक्ष अम्बिका सहनी ७९ ग्राम खैरो हिराइनसहित पक्राउ परेका हुन् । उनी आईतवार राति ना. १ ब. ३५९५ नम्बरको सरकारी प्लेटको मोटरसाइकल चढेका बेला प्रहरीले वीरगञ्ज महानगरपालिका १९ मा चेकजाँच गरे । सोही क्रममा खैरो हिराइन बरामद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष सहनीको मोटरसाइकल पछाडी सवार उनकै गाउँका ५२ वर्षीय रामआदेश सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै वडाध्यक्षका गाडीको पछि पछि आउने ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार मैनपुर गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण ४, सोमबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ