आज साउनको पहिलो सोमबार, जनकपुरको शिवालयमा भीडभाड (हेर्नुस् फोटोहरु)


टुडेखोज, जनकपुरधाम : आज साउने सोमबारको पहिलो दिन । हिन्दू नारी आजका दिन ब्रत बसी शिवजीको पूजा आराधना गर्दछन् ।

जनकपुरस्थित शिव चोकको शिवालयमा विहानैदेखि पूजापाठ गर्ने भक्तजनहरुको भीड लागेको छ । हरियो–रातो–पहेंलो चुरा पोते र बस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाको घुईंचोले वातावरणमा चमक थपिएको छ ।

साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ । यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।

सोमबारको व्रत विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताले सुयोग्य वर पाउँ भन्ने कामना गर्दै ब्रत बस्ने गर्दछन् । यसवर्षपनि कोरोना त्रासका कारण पशुपतिनाथ बन्द रहेको छ ।

प्रकाशित : २०७८ श्रावण ४, सोमबार ११:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ