रौतहटमा सिक्सर बोकेका तीन युवक पक्राउ


टुडेखोज, जनकपुरधाम : रौतहटमा सिक्सर (पेस्तोल) बोकेका तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादवसहित तीनजना रहेको प्रहरीले जनाएको हो ।

​मौलापुरदेखि कलैया जानेक्रममा उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ । बिआर ०५ एपी ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा पेस्तोल बरामद भएपछि उनी दुबैजनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । तीनै जनामाथि प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण ४, सोमबार १२:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ