देउवा सरकारबारे ओलीको टिप्पणी- कवाडीको समान बटुलेर बनाएको टालटुले सरकार


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकार ‘कवाडीका सामान बटुलेर बनाएको टालटुले सरकार’ भएको टिप्पणी गरेका छन् ।

च्यासलमा आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भन्ने खालको सरकार भएको टिप्पणी गरे । साथै सत्ताको दुरुपयोग गरेर आफूहरुमाथि हमला हुन सक्ने दाबी समेत बैठकमा ओलीले गरेका छन् ।

उनले भने,‘ अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन् । जनविरोधी काम सुरु गर्छन् । हाम्रो पंक्तिमाथि सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं ।’ एमाले चिचिलो काँक्रो जस्तो अरुले औँला ठडाएर देखाउँदा झरेर जाने चिज नरहेको उनको भनाई थियो ।

प्रकाशित : २०७८ श्रावण ४, सोमबार १६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ