साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं : साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि खोप उत्पादक मुलुकहरुलाई आग्रह गरिएको बताए ।

प्रकाशित : २०७८ श्रावण ४, सोमबार १८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ