प्रचण्डलाई ‘सुरक्षा थ्रेट’ : डीएसपीको कमाण्डमा थप प्रहरी खटाइयो


काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै सुरक्षा बढाएको छ ।

प्रचण्डको सुरक्षार्थ सरकारले डीएसपीको कमाण्डमा थप प्रहरी टोली खटाएको हो । शनिबारदेखि नै डीएसपीको कमाण्डमा थप प्रहरी खटाएको स्रोतले जनायो । ती प्रहरीले अब प्रचण्डको अगुवाका रुपमा सुरक्षा दिने बताइएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५३ जनालाई फिर्ता गरेको थियो । तर शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै प्रचण्डको सुरक्षा बढाएका छन् । प्रचण्डले देउवालाई प्रधानमन्त्री बन्न सघाएका हुन् ।

एक सुरक्षा अधिकारीका अनुसार सरकारले अहिले सबैभन्दा धेरै सुरक्षा चुनौती प्रचण्डलाई रहेको निष्कर्ष निकालेको छ । त्यही अनुसार प्रहरीको टोली पठाइएको हो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले यसलाई नियमित प्रक्रियाका रुपमा लिनुपर्ने बताए

नेपाल खबरको सहयोगमा

प्रकाशित : २०७८ श्रावण ४, सोमबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ