अब विराटनगरमै मिर्गौला प्रत्यारोपण गराउन सकिने, नोबेलले पायो अनुमती


काठमाडौं : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । मिर्गौला प्रत्यारोपण गर्न मेडिकल कलेजले दिएको निवदेनको आधारमा अनुमति दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अस्पतालले निवेदन दिएको करिब दुई वर्षपछि विभागबाट प्रत्यारोपणको अनुमति पाएको हो । अस्पतालले २०७६ भदौ ९ गते मिर्गौला प्रत्यारोपण गर विभागमा निवदेन दिएको थियो । विभागमा बसेको साउन १ गते बसेको बैठकले अङ्ग प्रत्यारोपण गर्ने अनुमति दिएको हो ।

मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ को दफा ५ को उपदफा (१) बमोजिम अनुमतिपत्र दिएको विभागले जारी गरेको पत्रमा उल्लेख छ ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार ०६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ