बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान किन पक्राउ परे ?


नयाँ दिल्ली : बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ । अश्लि’ल फिल्महरु बनाएर केही एपहरुमार्फत बेच्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अश्लि’ल फिल्म बनाएको विषयमा फेबुंअरीमा मुम्बई क्राइम ब्रान्चमा उजुरी परेको थियो । यथेष्ट प्रमाण जुटाएर कुन्द्रालाई पक्राउ गरिएको मुम्बइ प्रहरीले जनाएको छ । यो प्रकरणमा कुन्द्रा मुख्य अभियुक्तका रुपमा देखा परेको प्रहरीको दावी छ ।

सोमबार साँझ पक्राउ परेका कुन्द्राले हिरास’तमै रात बिताएका छन् । आफूमाथि लागेको आरोपमा सत्यता नरहेको भन्दै उनले जमानतका लागि आग्रह गरेका छन् ।

मोडल पुनम पाण्डेले पनि आफ्ना तस्वीर भिडियोहरु गैरकानूनीरुपमा प्रयोग गरिरहेको आरोप कुन्द्रामाथि लगाएकी छन् ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ