कमलामा ठूलो बाढी : धनुषातीरको तटबन्ध भत्किने अवस्थामा पुग्यो


टुडेखोज, जनकपुरधाम : कमला नदीमा आएको बाढीले धनुषाको सबैला नगरपालिका १३ स्थित तटबन्ध भत्काउन लागेको छ । तटबन्धको करिब ८० प्रतिशत भाग कटान गरिसकेको छ ।

अहिले तटबन्ध भत्किन नदिन स्थानीय प्रयासरत छन् । रुखहरु काटेर कटान रोक्ने प्रयासमा स्थानीय जुटेको पत्रकार आयुब हुँसैनले जानकारी दिए । सरकारी निकायबाट खासै कुनै प्रयास नभएको उनको भनाई छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले तटबन्ध भत्किन नदिन आवश्यक प्रयास गरिरहेको बताए । उनले भने, ‘म पनि त्यहीँ पुगेको छ । तटबन्ध बचाउने प्रयास भइरहेको छ ।’

स्थानीयका अनुसार तटबन्ध भत्कियो भने सबैला नगरपालिका नै डुबानमा पर्नेछ । अहिले सबैला नगरबासी त्रसित बनेका छन् ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ