करेन्ट लागेर राम जानकी मन्दिरका पूजारीको मृत्यू


जनकपुरधाम : करेन्ट लागेर सर्लाहीको बसवरिया गाउँपालिका ६ सोहडवास्थित जामजानकी मन्दिरका पूजारीको मृत्यू भएको छ ।

बिष्णु गाउँपालिका ८ बत्रौल घर पूजारी ६० वर्षीय किशोरी दास ‘बैरागी’को करेन्ट लागेर मृत्यु भएको हो । भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीका अनुसार मृतक बैरागी विगत ४५ वर्षदेखि मन्दिरमा पूजारीको रुपमा कार्यरत थिए । उनको शव पोष्टमार्टमका लागि मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ