जसपा उपेन्द्र यादव पक्षद्वारा संसदीय दलको विधान पारित


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को बाबुराम-उपेन्द्र पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका दुई दर्जन सांसदहरूको उपस्थिति रहेको यादवका प्रेस संयोजक महेश चौरासियाले बताए । चौरासियाका अनुसार दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउनेछ ।

यसअघि महन्थ ठाकुर पक्षले बहुमत दावी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । पछिल्लो समयमा ६ जना सांसदले ठाकुरको साथ छाडेपछि अहिले यादव पक्ष बहुमतमा छ । – नेपाल प्रेस

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १४:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ