‘आइटी आर्मी’ घोषणा हुँदै, पूर्वमन्त्री प्रभु साह कमाण्डर !


काठमाडौं : पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रभु साहको नेतृत्वमा आइटी आर्मी घोषणा हुने भएको छ । भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट उक्त संगठनको घोषणा हुँदैछ ।

एक सय ५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरु निगरानी गर्ने साहले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त संगठनको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै आइटी आर्मीका प्रदेश र जिल्ला कमिटीहरू पनि विस्तार गरिनिे बुझिएको छ । प्रदशमा १०१, जिल्लामा ५१ र पालिकामा ३३ सदस्यीय कमिटी बनाउने तयारी भएको स्रोतले जनायो ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ