महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई भन्यो- विश्वासको मत लिने बेलामा गरेको प्रतिवद्धता पूरा गर्नुहोस्


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

रेशम चौधरीलगायत बन्दीहरूको रिहाइलगायत विषयमा प्रधानमन्त्री देउवाले प्रतिवद्धता प्रस्तुत गरेकोले आफूहरूले विश्वासको मत दिएको अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘रेमश चौधरीलगायत राजबन्दीहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत समस्याहरूको समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जसपाले विश्वासको मत दिने निर्णय गरेको हो ।’

जसपाले संविधान संशोधनको विषय पनि उठाएको छ । साथै जसपाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यबाद पनि दिएको छ । पार्टीले उठाएका माग सम्बोधन गरेकोले ओलीलाई धन्यबाद दिएको छ । कोरोना महामारीमा परेका आर्थिक अवस्था कमजोर भएकालाई तत्काल राहत दिन पनि अध्यक्ष ठाकुरले सरकारको ध्यानाकर्षण गराएको छ ।

बाढीपहिरोमा परेकाहरूलाई सहयोग गर्न पनि जसपाको माग छ । जसपा अध्यक्ष ठाकुरको अध्यक्षतामा साउन २ देखि ५ गतेसम्म केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो । हेर्नुस् महन्थ ठाकुरले जारी गरेको विज्ञप्ती :

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ