कमला नदीको तटबन्ध कटान रोक्न मातृकाको पहलमा ५० लाख


टुडेखोज, जनकपुरधाम : नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले कमला नदीमा आएको बाढीले कटान गरिरहेको तटबन्धको निरीक्षण गरेका छन् ।

धनुषाको सबैला नगरपालिका १३ स्थित कमला नदीले तटबन्ध कटान गरिरहेको छ । सो ठाउँ यादव निर्वाचित धनुषा क्षेत्र नम्वर १ मै पर्छ । तटबन्ध निरीक्षण गर्न पुगेका उनले सोही ठाउँबाट उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग कुराकानी गरेका थिए ।

नेता यादवका अनुसार मन्त्री भुसालले तटबन्ध मर्मतका लागि तत्काल ५० लाख निकासा गर्ने आश्वासन दिएकी छन् । मन्त्री भुसालले तटबन्ध समस्याको दीर्घकालीन समाधानका निम्ति पहल गर्ने पनि प्रतिवद्धता जनाएकी छन् ।

धनुषाका सिडिओ बन्धुप्रसाद बास्तोलाले आफैं कटान भइरहको स्थानमा पुगेका छन् । उनले तटबन्ध जोगाउन आवश्यक काम भइरहेको बताए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तटबन्ध जोगाउन जुटेका छन् ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ