किन बाँदर बने युवा संघका कार्यकर्ता ?


काठमाडौं : नेकपा एमाले संस्थापन पक्षको युवा संघ नेपालका कार्यकर्ताहरुले बाँदरको भेषमा प्रदर्शन गरेका छन् ।

आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले बाँदरको भेषमा यसको विरोध गरेका हुन् । प्रधानमन्त्रीका रूपमा आफ्ना अध्यक्षलाई हटाएर कांग्रेसका सभापतिलाई विश्वासको मत दिएको भन्दै नेपाल पक्षप्रति व्यंग्य गर्दै उनीहरूले त्यसयता प्रदर्शन गरिरहेका छन् ।

वरिष्ठ नेता नेपालले पार्टी बर्बाद बनाएको भन्दै संघले बानेश्वरमा बाँदर जुलुस निकालेको हो । उनीहरूले नेता नेपालविरुद्ध चर्का नाराबाजी गरेका छन् ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ