लहानको मेयरमा चुनाव लड्ने पूर्वसाँसद सरिता गिरीको घोषणा


सिरहा : जनता समाजावादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लहानको मेयरमा चुनाव लड्ने घोषणा गरेकी हुन् । लहानका वर्तमान मेयर मुनी साहबाट जनता पीडित रहेको भन्दै उनको अधिनायकवादलाई जनताले परास्त गर्ने उल्लेख गरेकी छन् ।

उनले अब ५ वर्ष स्थानीय स्तरमा जनताको सेवा गर्ने उल्लेख गर्दै आजको दिनदेखि सहयोग र सम्पर्कका लागि सबैमा अपिल गरेकी छन् । स्थानीय स्तरमा लोकतन्त्र र पारदर्शिता नभइ सबैको विकास हुन नसक्ने उनको भनाइ छ ।

नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएको आरोप लगाउँदै जसपाले गिरीलाई साँसद र पार्टीबाट समेत हटाएको थियो ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार १९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ