रौतहट : माधव कुमार नेपालको घरमा कडा सुरक्षा, इन्सपेक्टरको कमाण्डमा प्रहरी खटाइयो


जनकपुरधाम : रौतहटको चन्द्रपुर नगरपालिका ४ मा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा सुरक्षा अवस्था कडा पारिएको छ । उनको घरमा सुरक्षार्थ दर्जनौं प्रहरी खटेका हुन् ।

एमाले अध्यक्ष केपी ओली पक्षका युवा संघका कार्यकर्ताले नेता नेपालमाथि आक्रमक बनेपछि घरको सुरक्षा कडा पारिएको छ । नेता नेपाल भने काठमाडौंकै घरमा छन् । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेता नेपालको घरमा इन्सपेक्टरको कमाण्डमा सुरक्षाकर्मी खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले यूवा संघका कार्यकर्ताले घरमा क्षति पु¥याउन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । युवा संघले चन्द्रनिगाहपुरमा विरोधको कार्यक्रम गर्ने भनेको छ । त्यसैले नेता नेपालको घरमा सुरक्षा कडा पारिएको उनको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पनि डिएसपीको कमाण्डमा थप प्रहरी खटाइएको छ । पछिल्लो समय प्रचण्ड र माधव नेपाल असुरक्षित रहेको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार २१:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ