आज बकर इद, देशभर सार्वजनिक बिदा


जनकपुरधाम : आज बकर इद (ईद उज अजहा) मुस्लिम समुदायले मनाउँदै छन् । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाइन्छ ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

मुस्लिम समुदायको महत्वपूर्ण चाड भएकाले आज सरकारले सार्वजनिक बिदा दिएको छ । सबै सरकारी कार्यालय, निकाय र विदेशमा रहेका नेपाली नियोगमा पनि आजका लागि सार्वजनिक बिदा दिइएको हो ।

प्रकाशित : २०७८ श्रावण ६, बुधबार ०७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ