भारतबाट ल्याउँदै गरेको लाखौं मूल्य बराबरको कुखुरा र लत्ताकपडा बरामद


उर्मिला यादव यात्री, नवलपरासी : भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको करिब २ लाख ७५ हजार ८ सय मुल्य बराबरको लत्ताकपडासहित विभिन्न समान र वोईलर कुखुरा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले मंगलबार भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको करिब १ लाख १९ हजार मुल्य बराबरको थान कपडा, लेडिज कुर्ता सुरुवाल, लेगिज, पर्दा लगायतका कपडा पाल्हिनन्दन गाउंपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको हो । वरामद भएका सम्पुर्ण मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ५ वटा मोटरसाईकलमा राखि ल्याउदै गरेको ३सय ९२ जिउ वोईलर कुखुरा रामग्राम नगरपालिका वडा १८ बंजरियाबाट वरामद गरेको जनाएको छ । बरामद भएको कुखुराको मुल्य करिब १ लाख ५६ हजार ८ सय बराबर रहेको छ । वरामद भएको कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण ६, बुधबार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ