मटिहानीमा साप्ताहिक महाआरती शुभारम्भ


रञ्जन भण्डारी, महोत्तरी : मटिहानी नगरपालिकाले पौराणिक र ऐतिहासिक महत्व बोकेको लक्ष्मी नारायण पोखरीमा साप्ताहिक लक्ष्मी नारायण भगवानको संध्या महाआरती शुभारम्भ भएको छ ।

दुल्ही जस्तै सिंगारिएको मटिहानी स्थित उक्त महाआरती स्थलमा महाआरती हेर्न हजारौ स्थानियले सहभागिता जनाएका थिए । पर्यावरणिय अभियानी तथा साँसद राम अशिष यादव, जानकी मन्दिरका महन्थ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखहरु तथा विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा प्रारम्भ भएको महाआरतीमा मन्त्रोच्चारण र ध्वनीमिश्रित आरती गानले स्थान भक्तिमय भएको थियो ।

करिव दुई करोडको लागतमा सौन्दर्यिकरण गरिएको लक्ष्मी नारायण पोखरीमा मंगलवार राती विधि पुर्वक विशिष्ट महाआरती प्रारम्भ भएको हो । मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलको महत्वाकांक्षी योजना अन्तर्गत मटिहानीको धार्मिक र ऐतिहासिक महत्वलाई अझै फैलाई धार्मिक र पर्यटकिय आगन्तुक भित्र्याउने उदेश्यका साथ सुरु गरिएको साप्ताहिक महाआरतीमा सहभागी विशिष्ट अतिथिहरुलाई मेयर मण्डलले गमछा ओढाई स्वागत गरेका थिए ।

यता महाआरतीको लागि पोखरी जिर्नोद्धार गर्न निरन्तर लागेका मेयर मण्डलले नगरपालिकासंगै माननिय महन्थ ठाकुर र साँसद अभिराम शर्मा समेतको मटिहानी प्रतिको विशेष प्रेम र सहयोगले मटिहानीको ऐतिहासिक पोखरीमा महाआरती सम्भव भएकोे वताए । उनले महोत्तरी आउने हरेक आगन्तुक र अतिथिको चाहना एक पटक मटिहानी स्थानको दर्शन र गुरुकुलको अवलोकन रहेकोले दुवैको मध्यमा रहेको लक्ष्मी नारायण पोखरी सुन्दर र सकारात्मक उर्जाको सम्वाहकको प्रतिक रहेको बताए ।

उनले माता सिताको विवाहमा यहि पोखरीमा भएको मटकोर र पछि तस्मैया वावाले नुहाउने क्रममा यहि पोखरीमा फेला पारेको लक्ष्मी नारायणको मुर्तिले यस पोखरीको धार्मिक र पुरातात्विक महत्व निक्कै वढी भएपनि विगतमा ओझेलमा पर्दै गएकोमा महाआरतीले पुनः यहाको महत्वलाई अझै फैलाउने बताए । महाआरती प्रत्येक साताको विहिवार हुने उनले वताए ।

प्रकाशित : २०७८ श्रावण ६, बुधबार १२:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ