कोरोनाको नयाँ भेरियन्टले डर बढाएको छ : प्रधानमन्त्री देउवा


काठमाडौं : नेपालमा देखिएको नयाँ भेरियन्टको कोरोना भाइरसको डर बढेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ भेरियन्टको चर्चाले थप डर बढेको बताएका हुन् । आज परेको नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘कोभिड प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउँछ ।’

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माको पनि उपस्थिति रहेको थियो । मन्त्री शर्माले कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न कोभिड भ्याक्सिनसंगै राहतको प्याकेज ल्याउने बताए ।

प्रकाशित : २०७८ श्रावण ६, बुधबार १४:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ