सर्लाही : पोखरीमा डुबेरका युवकको शव जाल हानेर खोजियो


सर्लाही : पोखरीमा डुबेका एक युवकको शव जाल हानेर खोजिएको छ । हरिपुर नगरपालिका ४ हरैयाका पोखरीमा डुबेका स्थानीय ३० वर्षीय भुरकर माझीको शव जाल हानेर खोज्नेक्रममा फेला परेको प्रहरीले जनाएको छ ।

माझी मंगलवार साँझ पोखरीमा डुबेका थिए । सर्लाहीका प्रहरी निरीक्षक गिरीका अनुसार जाल हानेर खोजतलास गर्ने क्रममा आज विहान १० बजे माझीको शव फेला परेको छ । माझी सुस्त मनस्थितिका थिए ।

प्रकाशित : २०७८ श्रावण ६, बुधबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ