पाँच किलो बढी चाँदीका गहनासहित साह पक्राउ


जनकपुरधाम : पाँच किलो बढी चाँदीका गहनासहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज २ घर भइ चितवन खैरेनी नगरपलिका २ मा रहेको श्रीया ज्वेलर्सका सञ्चालक अंगत साह रहेका छन् ।

वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट नजिकैबाट साहलाई चाँदीका गहनासहित प्रहरीले पक्राउ गरेको हो । शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा उनलाई चेकजाँच गर्दा सवा ५ किलो चाँदी बरामद भएपछि नियन्त्रणमा लिएको पर्साका डिएसपी ओमप्रकाश खनालले बताए ।

उनका अनुसार साह कालो झोलामा चाँदीका गहना लुकाएका थिए । उनलाई आवश्यक कारबाहीका लागि चाँदीका गहनासहित राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने बताइएको छ ।

प्रकाशित : २०७८ श्रावण ६, बुधबार १४:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ