प्रदेश २ : भ्रष्टाचार लुकाउन नगरसभा सदस्यलाई सुट र सारी बाँडियो


टुडेखोज, बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिकाले भ्रष्टाचार लुकाउन नगरसभा सदस्यहरूलाई सुट र सारी बाँडिएको छ ।

नगरपालिकाले ५१ जना महिला सदस्यहरूसहित १२५ जनालाई सुट र सारी बाँडेको स्रोतले जनायो । विगतमा भएको भ्रष्टाचार लुकाउन र नगरसभाको वातावरण बनाउन सुट र सारी वितरण गरिएकोमा कतिपय नगरसभा सदस्यले विरोध जनाएका छन् ।

सुट र सारी बाँडिएर फकाउन खोजिएकाले आफूहरु बहिष्कार गरेको वडा नम्बर १४ का अध्यक्ष रामशरण बर्तौलाले लगाए । उले भने, ‘नगरपालिकाको कुल बजेट पौने २ अर्ब रुपैयाँ भनिएपनि सबै बजेट प्रमुख, उपप्रमुख मातहतमा राख्ने र आफ्नो अनुकूल खर्च गर्न जालझेल भइरहेको छ ।’

कार्यपालिका सदस्यहरूले विगत चार वर्षको खर्चको हिसाब नगरसभामा पेस गर्न माग गरेका छन् । जसका कारण विवाद सृजना भएको छ । सोही कारण असार १० गतेभित्र गर्नुपर्ने नगरसभा हालसम्म नगरेको बताइएको छ ।

नगरपालिकाले सुट र सारीका लागि प्रति सदस्य १० हजार रुपैयाँ र चारपाङ्ग्रे सवारी तालिमका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको निमित्त प्रमुख शिवजी साहले जानकारी दिए ।

प्रकाशित : २०७८ श्रावण ६, बुधबार २०:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ