जनमत पार्टीका नेताहरुले गृहमन्त्रीसँग मागे सुरक्षा


टुडेखोज, सर्लाही : जनमत पार्टी सर्लाहीले आफ्ना नेता, कार्यकर्ता र समर्थकहरुको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाएको छ ।

सर्लाही जिल्लालगायत देशका विभिन्न ठाउँमा आयोजना हुने पार्टीको आमसभा, बैठकलाई समेत प्रभावित गर्ने गरी पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुमाथि विभिन्न समुहहरुबाट आक्रमणको प्रयास भइरहेको विषयमा प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई जानकारी गराइएको छ । प्रजिअ महतोमार्फत शान्ति सुरक्षा प्रदान गर्न भनि पार्टीका जिल्ला अध्यक्ष जबाहरलाल यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्र गृह मन्त्रालयलाई पठाइएको जनमत पार्टीका जिल्ला सचिव विवेक कुमार शर्माले बताए ।

स्थानीय तहका जनप्रतिनिधिले सूचनाको हकमा अवरोध खडा गर्ने तथा लुकाउने काम गरेको, वेबसाईटमा समेत विवरणहरु नराखिएको ज्ञापन–पत्रमार्फत प्रजिअ महतोलाई ध्यानाकर्षण गराएको जनमत पार्टी जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार ०८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ