जसपा आधिकारिकता विवाद : सक्कली कागजात बोकेर महन्थ र उपेन्द्र आयोग जाँदै


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुंग्याउन आज पनि निर्वाचन आयोगको इजलास बस्दैछ । जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टी आधिकारिकताको निवेदन निर्वाचन आयोगमा दर्ता गराएका थिए । आयोगले पटक पटक दुबै पक्षलाई बोलाएर छलफल गराउँदा पनि कुनै सहमती भएन । पछि आयोगले इजलासबाटै आधिकारिकता टुङ्गो लगाउने प्रयास थालेको छ ।

यसअघि बसेको इजलासले दुवै पक्षलाई आ–आफ्नो सक्कली कागजपत्र पेस गर्न आदेश दिएको थियो । आज इजलासले जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमत र अल्पमत हेरेर निर्णय लिने बुझिएको छ । महन्थ ठाकुर पक्षले केपीशर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । सोही कारण उपेन्द्र यादव असन्तुष्ट बनेपछि पार्टीमा विवाद बढ्यो । अहिले दुबै अध्यक्ष जसपाकै लेटरप्याडमा अलग अलग निर्णय गरेको विज्ञप्ती निकाल्ने गरेका छन् ।

संसद पुर्नस्थापना भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा बनेका छन् । देउवाको समर्थनमा पहिल्यैदेखि उपेन्द्र यादव उभेका थिए । तर प्रधानमन्त्रीलाई महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिएपछि अब पार्टी एकता भंग नहुने धेरैको अनुमान छ । तर उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई माफि माग्न भनेकाले एकता सम्भव देखिएको छैन ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १०:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ