धनुषामा पनि क्रियाशिल सदस्यता वितरणमा धाँधली, अनसन बसे नेता कार्यकर्ता


टुडेखोज, जनकपुरधाम : क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय जनकपुरधाम, धनुषामा पनि नेता कार्यकर्ता रिले अनुसन सुरु गरेका छन् ।

काँग्रेस नेता नबल किशोर यादवले अनसनको नेतृत्व गरिरहेका छन् । उनको अध्यक्षतामा आज मध्यान्हबाट नेता कार्यकर्ताहरु अनसन बसेका हुन् । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित वितरण गरिएको नयाँ क्रियाशिल सदस्यता खारेज गर्नुपर्ने आफूहरुको माग रहेको नेता यादवले बताए ।

धनुषा क्षेत्र नम्बर १ र ४ का सभापतिले क्रियाशिल सदस्यता वितरणमा धाँधली गरेको नेता संजिव यादवले बताए । उनले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा धर्ना बसेका पूर्व साँसद चन्द्रमोहन यादवको समर्थनमा आफूहरु यहाँ अनसन सुरु गरेको बताए ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ