नर्स र मिडवाइफको लाइसेन्स परीक्षाको मिति सार्वजनिक, हेर्नुस् डिटेल


काठमाडौं : नर्स तथा मिडवाइफको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा आउँदो भदौ १९ गते हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले मंगलबार सूचना जारी गर्दै पीसीएल वा बीएस्सी नर्सिङ र ब्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थीहरुको लाइसेन्सका लागि भदौ १९ गते परीक्षा हुने जनाएको हो ।

परीक्षाका लागि यही साउन १० देखि भदौ ७ गतेसम्म एक हजार ६०० रुपैयाँ र भदौ ८ देखि भदौ १३ गतेसम्म तीन हजार १०० रुपैयाँ तिरेर अनलाइन फारम बुझाउन सकिने परिषद्को सूचनामा उल्लेख छ । परीक्षा बिहान ९ देखि ११ः३० बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ