जनकपुरका बरिष्ट पत्रकार नेपालीले गराए दिल्लीमा क्यान्सरको अप्रेशन, भोली डिस्चार्ज हुँदै


टुडेखोज, जनकपुरधाम : जनकपुरका बरिष्ट पत्रकार एवं स्वतन्त्र सेनानी राजेश्वर नेपालीले दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा अप्रेशन गराएका छन् ।

मंगलवार साँझ ६ बजे उनको सफल अप्रेशन भयो । यूरोलोजिस्ट प्रमुख डा. सुधिर रावलको टोलीले अप्रेशन गरेको उनले बताएका छन् । उनी विगत केहिदिनदेखि क्यान्सरबाट पीडित थिए ।

अप्रेशन पश्चात राति १० बजे बेडमा गएको र अहिले अवस्था ठिक रहेको उनले सामाजिक सञ्जालमा लेखेका छन् । भोली अस्पतालबाट डिस्जार्च हुने भन्दै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सद्भाव र शुभेच्छा व्यक्त गर्नेहरुलाई धन्यावद दिएका हुन् ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १४:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ