जनकपुरमा बाबुरामविरुद्ध प्रदर्शन, पुत्ला पनि जलाइयो


जनकपुरधाम : हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै जनकपुरमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन भएको छ । विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानका कार्यकर्ताले जनकपुरको जनक चोकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा भट्टराईको पुत्लासमेत जलाइएको थियो । डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेकोमा असन्तुष्ट बनेका जसपा विद्यार्थी संगठन वीरगन्जका ११ जनाले हिजो नै राजीनामा दिएका थिए । भट्टराईले सामाजिक सञ्जलमार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ