ब्लड फर नेपालले मनाए तेस्रो वार्षिकोत्सब


जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा विगत तीन वर्षदेखि बिरामीलाई आवश्यक परेकोबेला रक्त उपलब्ध गराउदै आएका संस्था ब्लड फर नेपाल धनुषाले बुधबार आफ्नो तेस्रो वार्षिकोत्सब भव्यताको साथ मनाएको छ ।

प्रदेश २ को भौतिक पुर्वाधार बिकास मन्त्री राम सरोज यादवको प्रमुख आतिथ्यमा तेस्रो वार्षिकोत्सब मनाइएको हो । ब्लड फर नेपालले तीन वर्षदेखि बिरामीलाई रक्तदान गरि सहयोग गर्दै आएको कार्यलाई प्रसंशा गर्दै आगामी दिनमा पनि यो संस्थाले यसरीनै अगाडि बढोस् सफलता हासिल गरोस् मन्त्री यादवले शुभकामना दिए ।

रक्तदान भनेको जीवनदान हो र यो जीवनदान भन्दा पवित्र कार्य संसारमा अरुकेही हुन नसकिने बताउदै यो संस्थाम लागेका सम्पुर्ण सदस्यहरुलाई बधाई एवम् शुभकामना दिदै मन्त्री यादवले भने, ‘मैले बुझे अनुसार यो संस्थाले अहिलेसम्म १३ हजार बिरामीलाई रक्त उपलब्ध गराएर ज्यान बचाएको छ त्यसको लागि विषेश धन्यवाद दिन्छु’

उक्त कार्यक्रममा आवश्यक परेकोबेला विभिन्न समयमा रक्तदान गरेका २ सय जनालाई संस्थाले सम्मान सहित प्रसंशापत्र दिएको ब्लड फर नेपाल धनुषाको संयोजक अभिनास सिंह राजपुतले बताए । कार्यक्रमकै बीच धनुषाका संयोजक अभिनास सिंह राजपुतले नयाँ कार्यकालको लागि धनुषा संयोजकमा निर्जला तिमिल्सिना र सह संयोजकमा बलराम गुप्तालाई जिम्मेवारी दिएको छ ।

कार्यक्रममा प्रदेश २ का सांसद पर्मेश्वर साह, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, डिआइजी उमेस रंजितकार, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ उपाध्यक्ष अम्भु प्रसाद साह, मैथिली बिकास कोषका अध्यक्ष जिबनाथ चौधरी, रेडक्रस अध्यक्ष नरेश सिंह, बस ब्यवसायी संघका अध्यक्ष मनोज चौधरी, तरुण दलका उपाध्यक्ष राकेश बिक्रम साहलगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ